जाजरकाेट
सप्तरी जिल्लाको तिरहुत गाउँपालिका २ कमलपुरमा प्रहरीले अवैध मदिरा तस्करमाथि कारवाही गर्ने क्रममा भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमलपुरका स्थानीय लालु यादव रहेका छन्। झडपका क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि आफ्नो सुरक्षाका लागि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन ।घटनामा एक जना प्रहरी पनि सामान्य घाइते भएका छन्।
प्रहरीले घटनास्थलबाट केही कार्टुन अवैध मदिरा बरामद गरेको जानकारी दिएको छ। अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको र घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रहरीले जानकारी दिए ।
स्थानीय बासिन्दाहरूका अनुसार, कमलपुर क्षेत्र विगत केही वर्षदेखि मदिरा तस्करीको केन्द्र बन्दै आएको छ। एक जना स्थानीयले जाकारी दिए अनुसार यहाँ धेरै समयदेखि अवैध रूपमा मदिरा ओसारपसार भइरहेको छ तर प्रभावकारी नियन्त्रण हुन सकेको थिएन।
यस घटनापछि स्थानीयबासीमा त्रासको वातावरण बनेको छ। प्रहरीले थप सुरक्षाका लागि सो क्षेत्रमा निगरानी बढाएको जानकारी दिए













