२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

किशोरीको बलात्कारपछि हत्या, दोषीलाई कडा कारबाहीको माग

 

सुर्खेत।  वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित सहिद उद्यानको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति सुर्खेतका विभिन्न संघसंस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

संघसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटना अमानवीय र निन्दनीय भएको उल्लेख गरेका छन्  विरेन्द्रनगर नगरपालिका १ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि भएको क्रूर घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उनीहरूको भनाइ छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन संयुक्त विज्ञप्तिमा इन्सेक, एड्भोकेसी फोरम लगायत मानवअधिकार तथा सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संस्थाले हस्ताक्षर गरेका छन्। ती संस्थाले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई उचित न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।

मृतक १६ वर्षीया इनिशा स्थायी रूपमा गुर्भाकोट नगरपालिका ६ बडाखोलीकी थिइन् र हाल विरेन्द्रनगर १ मा बस्दै आएकी थिइन्। उनी उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन् परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्  बिहान करिब ९ बजेतिर स्थानीयले उनलाई जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटेका थिए। प्रहरीले उनलाई प्रदेश अस्पताल सुर्खेत पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जानकारी दिदै  निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन  वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना  मानवीय  भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख गरेका छन  

यसैबीच यामलाल कँडेल, कर्णाली प्रदेशका मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढंगले अनुसन्धान हुने विश्वास व्यक्त गरेक  उनले प्रदेश सरकारका तर्फबाट घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कानुनअनुसार कडा भन्दा कडा  कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढाइने जानकारी दिए जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको छ घटनामा संलग्न भएको आरोपमा चार जनालाई वीरेन्द्रनगरबाट पक्राउ गरी उनीहरूमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।