२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

२२ साउन जाजरकोट ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका जिल्ला सेक्रेटरी विराजन शाही (सी) १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहाई भएका छन्।

डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहले असार २२ गते  कार्यालय समयमै ४ जना व्यक्तिहरू एक्कासी कार्यकक्षभित्र पसेर  कार्यकक्षामै आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले असार २७ गते शाहीलाई  नलगाड नगरपालिका १० बाट पार्टीको काममा रहेका बेला प्रहरीले पक्राउ गरेको थियो।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखेर शाहीमाथि अपराध उपद्रव अन्तर्गत मुद्दा दर्ता गरी २६ दिनसम्म हिरासतमा राखिएको थियो। त्यसपछि प्रहरी प्रशासनले उक्त मुद्दा जिल्ला अदालतमा पेश गरेको थियो।

अदालतले शाहीलाई १ लाख ५० हजार धरौटीमा र तारिकमा  हर‍ेक महिनाकाे  एक दिन  उपस्थीत  हुने सर्तमा रिहाई गर्ने आदेशमा छडेको  नेकपा (विप्लव) का केन्द्रीय प्रतिनिधि समिति सदस्य खडक सिंहले जानकारी दिएका छन 

 

जाजरकाेट 

सप्तरी जिल्लाको तिरहुत गाउँपालिका २ कमलपुरमा प्रहरीले अवैध मदिरा तस्करमाथि कारवाही गर्ने क्रममा भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमलपुरका स्थानीय लालु यादव रहेका छन्। झडपका क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि आफ्नो सुरक्षाका  लागि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन ।घटनामा एक जना प्रहरी पनि सामान्य घाइते भएका छन्।

प्रहरीले घटनास्थलबाट केही कार्टुन अवैध मदिरा बरामद गरेको जानकारी दिएको छ। अहिले घटनाको विस्तृत अनुसन्धान भइरहेको र घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रहरीले जानकारी दिए ।

स्थानीय बासिन्दाहरूका अनुसार, कमलपुर क्षेत्र विगत केही वर्षदेखि मदिरा तस्करीको केन्द्र बन्दै आएको छ। एक जना स्थानीयले जाकारी दिए अनुसार यहाँ धेरै समयदेखि अवैध रूपमा मदिरा ओसारपसार भइरहेको छ तर प्रभावकारी नियन्त्रण हुन सकेको थिएन।

यस घटनापछि स्थानीयबासीमा त्रासको वातावरण बनेको छ। प्रहरीले थप सुरक्षाका लागि सो क्षेत्रमा निगरानी बढाएको जानकारी दिए 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।