२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

जाजरकोटमा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

जाजरकोट। वन डढेलोबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले जाजरकोटमा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल प्रहरी, स्थानीय तहका प्रतिनिधि, विभिन्न संघ–संस्था तथा कर्मचारीहरू सहित करिब ५४ जना सहभागी रहेका थिए।
कार्यक्रममा डिभिजनल वन अधिकृतले वन डढेलो नियन्त्रणका उपाय तथा समुदायको भूमिकाबारे प्रस्तुति दिएका थिए। त्यसैगरी रेडक्रस शाखा जाजरकोट, नेपाल स्काउट्स संघ जाजरकोट लगायतका संस्थाका प्रतिनिधिहरूले पनि वन डढेलोबाट हुने क्षति र त्यसको रोकथामका उपायबारे आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख, भेरी नगरपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधि लगायतका सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो सत्रमा वन डढेलो नियन्त्रण, जनचेतना अभिवृद्धि तथा विपद् व्यवस्थापन सम्बन्धी विभिन्न प्रस्तुति तथा छलफल गरिएको थियो । सहभागीहरूले वन डढेलो नियन्त्रणका लागि समुदायको सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए वन क्षेत्रमा हुने डढेलोका कारण वातावरण, जैविक विविधता तथा मानव बस्तीमा समेत क्षति पुग्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमले जनचेतना बढाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।