२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

ओली र लेखकको तत्काल रिहाइको माग ध्यानाकर्षण पत्र बुझाए

जाजरकोटनेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई चैत १४ गते पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरिएको हो।

पार्टीले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त गिरफ्तारी पूर्वाग्रही, गैरकानुनी तथा राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाएको छ यसैबीच, चैत २३ र २४ गतेका घटनाको छानबिनका लागि तत्कालीन सरकारले गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति पनि पार्टीले सुरुदेखि नै असहमति जनाउँदै आएको बताएको छ। पार्टीका अनुसार उक्त आयोग निष्पक्ष नभएको र राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै विरोध जारी रहेको छ।

एमाले जाजरकोटले सरकारको पछिल्लो कदमले मानवअधिकार, लोकतान्त्रिक मूल्य र राजनीतिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। साथै, यस घटनाले राजनीतिक दलहरू, नागरिक समाज तथा आम नागरिकलाई समेत चिन्तित बनाएको उल्लेख गरिएको छ।पार्टीले लोकतान्त्रिक प्रणालीमा फरक विचार राख्ने नेताहरूलाई पक्राउ गर्नु उचित नभएको बताउँदै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।