२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

जाजरकोटबाट काङ्ग्रेसका खड्क बहादुर बुढा निर्वाचित

अर्जुन शाही

जाजरकोटबाट प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसका उम्मेदवार खड्क बहादुर बुढा निर्वाचित भएका छन्। उनले २०,१४२ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै जित हासिल गरेका हुन्। फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा जाजरकोट जिल्लामा कुल ६१ हजार ५ सय १२ मत खसेको थियो।
मतगणना प्रक्रिया दिउसो १ बजेबाट सुरु भई अन्ततः परिणाम सार्वजनिक गरिएको हो।

अन्तिम मतपरिणाम अनुसार नेपाली काङ्ग्रेसका खड्क बहादुर बुढाले सबैभन्दा बढी मत प्राप्त गर्दै प्रतिनिधि सभामा आफ्नो स्थान सुरक्षित गरेका छन्। लामो समयपछि जाजरकोटमा काङ्ग्रेसले उल्लेखनीय सफलता हासिल गरेको भन्दै पार्टी कार्यकर्ता तथा समर्थकहरूमा उत्साह देखिएको छ।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्ति बहादुर बस्नेतले १७,४०७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार डम्बर बहादुर सिंहले १६,८८३ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरूतर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का बल बहादुर मल्लले २१२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राघब कार्कीले २,४७१ मत प्राप्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।