२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

रुकुमपूर्वबाट प्रचण्ड भारी मतले विजय

जिल्ला रुकुमपूर्व, जहाँ प्रतिनिधिसभाका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेको छ त्यहाँबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले निर्वाचित हुनुभएको छ।

प्रत्यक्षतर्फको मतगणना शुक्रबार बिहानदेखि सुरु गरिएको थियो। जिल्लामा रहेका कुल ३४ हजार ७ सय ७२ मतदातामध्ये १९ हजार १ सय ८८ मत खसेको थियो। मतगणनाको अन्तिम परिणामअनुसार प्रचण्डले १० हजार २ सय ४० मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो उहाँका निकटतम प्रतिस्पर्धी लीलामणि गौतम (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभएको छ। यससँगै प्रचण्ड ६ हजार ७ सय ७८ मतान्तरले विजयी हुनुभएको हो।

यसैगरी धर्मकुमार बुढा (नेशनल रिपब्लिक पार्टी) ले ५१ मत, जुद्धबहादुर बुढा (नेकपा माओवादी) ले १ सय ९१ मत तथा सिरबहादुर बुढा (जनता समाजवादी पार्टी) ले ३० मत प्राप्त गरेका छन मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब समानुपातिकतर्फको मतगणना सुरु गरिनेछ

त्यसैगरी सुकुस थापा (नेपाली कांग्रेस) ले ३ हजार ८१ मत प्राप्त गर्नुभयो भने लखन थापा (राष्ट्रिय स्वतन्त्र पार्टी) ले ८ सय १९ मत प्राप्त गरेका छन  अन्य उम्मेदवारहरूमा रोशन शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ८२ मत, चन्द्रविक्रम शाही (जनमोर्चा नेपाल) ले ३२ मत, सन्दिप पुन (प्रगतिशील लोकतान्त्रिक पार्टी) ले २ सय ३ मत, ज्योती रोका (मङ्गोल नेशनल अर्गनाइजेसन) ले ५५ मत प्राप्त गर्नुभएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।