रुकुम पश्चिम । रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार बिहान सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु गरिएको हो निर्वाचन अधिकृत दिपेन्द्र थापा मगरले बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु गरिएको जानकारी दिनुभयो
जिल्लामा कुल ५९.०३ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार एक लाख ६ हजार ६६० मतदाता रहेकामा ६२ हजार ९६८ मत खसेको हो। यसमध्ये महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन हाँका अनुसार एक पालिकाका दुई वडाको मत एकसाथ गणना गर्ने सहमति अनुसार मतगणना अघि बढाइएको छ। प्रारम्भमा आठविसकोट नगरपालिका वडा नम्बर १ र ३ का ‘क’ केन्द्रमा रहेको मत गणना सुरु गरेका छन ।













