२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

बेलायत पठाइदिन्छु भन्दै युवायुवतीबाट लाखौँ ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट जिल्लाको तार्केश्वर गाउँपालिका १ स्थायी घर भई हाल काठमाडौँ बसोबास गर्दै आएकी ३६ वर्षीया कुमारी तामाङ रहेकी छन्अनुसन्धानको क्रममा अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई माघ २१ गते काठमाडौँ महानगरपालिका वडा नम्बर १२ क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीलाई बेलायतमा राम्रो रोजगारी र उच्च तलबको आश्वासन दिँदै लामो समयसम्म राखेकी थिइन्। उनले कम्तीमा दुई जना पीडितसँग बेलायत पठाइदिने बहानामा ७ लाख ९० हजार रुपैयाँ असुल गरेको अनुसन्धानबाट खुलासा भएकाे छ ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाप्रति सजग रहन सर्वसाधारणलाई आग्रह गर्दै आधिकारिक निकाय र वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र विदेश जानु पर्ने  सुझाव दिएको छ। प्रारम्भिक अनुसन्धानमा तामाङले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै आधिकारिक अनुमति वा कानुनी प्रक्रिया नअपनाएको खुलेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।