२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

भूकम्प पीडितद्वारा घर पुनर्निर्माणको माग गर्दै र्‍याली तथा विरोध प्रदर्शन

अर्जुन शाही जाजरकोट

जाजरकोटमा भूकम्पपीडितहरूले घर पुनर्निर्माणको माग गर्दै साेमबार विशाल र्‍याली तथा विरोध प्रदर्शन गरेका छन्। जाजरकोटको थाप्लेबाट गैरीखालीसम्म भूकम्पपीडितहरू सहभागी भई शान्तिपूर्ण र्‍याली प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीहरूले घर देऊ अधिकार देऊ भूकम्प पीडितलाई न्याय चाहियो अस्थायी टहरामा जीवन बिताउन सकिँदैन जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूको भनाइमा पटक पटक माग राख्दा पनि सरकारबाट पुनर्निर्माणको काम सुरु नहुनु अत्यन्तै दुखद र अन्यायपूर्ण हो।

विसं २०८० कात्तिक महिनामा जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोटका हजारौँ घरमा ठूलो क्षति पुर्‍याएको थियो। भूकम्प गएको करिब दुई वर्ष बितिसक्दा पनि पीडितहरू अझै अस्थायी टहरामा बस्न बाध्य रहेको भन्दै उनीहरूले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार जाजरकोटजस्तो दुर्गम जिल्लामा प्राकृतिक विपत्तिपछि पनि राज्यको उपस्थिति कमजोर देखिनु दुःखद विषय हो। अब पनि सरकारले गम्भीरता नदेखाए जनआक्रोश अझ चर्किने संकेत उनीहरूले दिएका छन्।शान्तिपूर्ण रूपमा सम्पन्न उक्त र्‍यालीले जाजरकोटमा भूकम्पपीडितहरूको पीडा, आक्रोश र आशा तीनै कुरा एकसाथ उजागर गरेको छ। अब सरकारको कदमले पीडितहरूको भविष्य कता मोडिन्छ भन्ने कुरामा सबैको चासो रहेको छ।

प्रदर्शनका क्रममा भूकम्पपीडित संघर्ष समितिका प्रतिनिधिहरूले सरकारलाई चेतावनी दिँदै भने यदि हाम्रो मागलाई सरकारले चाँडै सम्बोधन गरेन भने हामी अन्तिम विकल्पका रूपमा फागुन २१ गते हुन गइरहेको निर्वाचन बहिष्कार गर्न बाध्य हुनेछौँ।भूकम्पपीडितहरूको अनुसार भूकम्पपछि प्रारम्भिक राहत बाहेक दीर्घकालीन समाधानका लागि कुनै ठोस काम हुन सकेको छैन। चिसो, वर्षा र रोगको जोखिमबीच अस्थायी टहरामा बस्नु परेको उनीहरूको गुनासो छ। बालबालिका ज्येष्ठ नागरिक र गर्भवती महिलाहरू सबैभन्दा बढी समस्यामा परेको उनीहरूले जानकारी दिएका छन ।

उनीहरूले पुनर्निर्माण अनुदान तत्काल उपलब्ध गराउन प्राविधिक टोली गाउँमै पठाउन र घर निर्माण प्रक्रिया सरल बनाउन सरकारसँग माग गरेका छन्। साथै भूकम्पपीडितलाई राजनीतिक आश्वासन होइन व्यवहारिक समाधान आवश्यक रहेको उनीहरूको जोड छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।