२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय

जाजरकाेट 

काठमाडौँ  नेपाली काँग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६ २७ र २८ गते गर्ने भएको छ। सोमबार काठमाडौँमा बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्धारित मितिमै नियमित महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूलाई ब्रीफिङ गर्दै डा. महतले महाधिवेशनका लागि संगठनका सबै तहमा आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको बताए। उनका अनुसार पार्टीको विधानअनुसार तल्लो संरचनादेखि केन्द्रसम्मका अधिवेशन क्रमबद्ध रूपमा सञ्चालन गर्दै महाधिवेशनलाई सफल र प्रभावकारी बनाउन सोच लिएका छन  ।

पार्टीका सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय पनि बैठकले गरेको छ। यी अधिवेशनमार्फत प्रदेश नेतृत्व चयन हुने र नयाँ नेतृत्वमार्फत पार्टीको संगठनात्मक गतिविधि अझ सुदृढ रूपमा अघि बढ्ने पार्टीले अपेक्षा गरेको छ

यसबाहेक पुस २२ गते एकभन्दा बढी निर्वाचन हुने स्थानहरूमा अधिवेशन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्ता निर्वाचनस्थलहरूमा मतदाताको संख्या, संगठन संरचना तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ।

बैठकले पुस १७ गते वडा अधिवेशन गर्ने र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको डा. महतले जानकारी दिए। उनले भने पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार वडा, क्षेत्रीय र अन्य संरचनाका अधिवेशन समयमै सम्पन्न गर्दै महाधिवेशनका प्रतिनिधि चयन गर्ने छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।