अर्जुन शाही जाजरकाेट
काठमाडौँ । पूर्वमन्त्री जनादन शर्मा प्रभाकर नेतृत्वमा गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा सार्वजनिक गरेका छन । राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत पार्टीको चिन्ह, झण्डा तथा आगामी अभियानका प्राथमिकता सार्वजनिक गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले भने अर्काको आलोचना गरेर राजनीति अगाडि बढ्दैन। अबको समय काम गरेर देखाउने हो। जनता जहाँ छन् त्यहीँ पुगेर सेवा र परिवर्तनका कार्यक्रम लिएर अघि बढ्ने हाम्रो लक्ष्य हो।उनका अनुसार पार्टीको मुख्य उद्देश्य इमानदार नेतृत्व शासन र सामाजिक न्यायमा आधारित विकास हुनेछ।
कार्यक्रममा उपस्थित पार्टीका सक्रिया युवा नेता सन्तोष परियार सबैभन्दा बढी उत्साहित देखिए। उनले नयाँ पार्टीले युवालाई नेतृत्वमा ल्याउने उनीहरूको आवाजलाई नीति निर्माणमा समेट्ने र स्थानीयदेखि केन्द्रसम्म जनताको सुझावलाई प्राथमिकता दिने जानकारी दिएका छन ।
सन्तोष परियारले भने हामी परिवर्तनको यात्रामा गम्भीर छौँ। जनादन शर्माको नेतृत्वमा बनेको यो पार्टीले पुरानो अभ्यासलाई तोड्दै नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्नेछ।
कार्यक्रममा विभिन्न जिल्ला पालिका तथा समुदायस्तरका प्रतिनिधिहरूको सहभागिता थियो। आउँदो दिनमा पार्टीले संगठन विस्तार, जनपरामर्श अभियान र नीति घोषणा कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताइएको छ।प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा संगै राष्ट्रिय राजनीतिमा नयाँ विकल्प उदाउँदै गएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
पार्टीको चुनाव चिन्ह तथा झण्डा पनि कार्यक्रममा औपचारिक रूपमा प्रस्तुत गरिएको थियो। उपस्थित नेताहरूले नयाँ चिन्ह र झण्डाले पार्टीको पहिचानलाई देशभर फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन ।














