काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लव ले जेनजी आन्दोलनका माग पूरा गर्न नयाँ राजनीतिक सहमति खोजिनु पर्ने जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले उठाएको प्रमुख मुद्दा भ्रष्टाचारी विरुद्ध कडा कारबाही अहिलेसम्म कार्यान्वयन नहुँदा नयाँ सहमति आवश्यक भएको स्पष्ट पारेका हुन्।
उनका अनुसार जेनजी विद्रोहपछि संसद विघटन हुँदै सुशीला कार्कीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भए पनि भ्रष्टाचारविरुद्धका मागमा सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको छ। विप्लवले राजनीतिक निकासका लागि सशक्त छानबिन आयोग गठन, आवश्यक संविधान संशोधन तथा पुनर्लेखन, र राज्य पुनर्संरचना अब अपरिहार्य रहेको जानकारी दिए ।













