२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)नामले निर्वाचन आयोगमा दल दर्ताकाे सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले आज निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा सम्पन्न गरेको छ। लामो समयदेखिको राजनीतिक संवाद, आन्तरिक छलफल तथा तयारीपछि पार्टीले आयोगमा संगठनात्मक संरचना, नीति–दिशा तथा १०५ सदस्यीय केन्द्रीय समितिको नामावलीसहितका कागजात बुझाएको हो।

दल दर्तासँगै अब पार्टी वैधानिक रूपमा मुलधार राजनीतिमा प्रवेश गर्ने मार्ग खुलेका छन । कागजात बुझाएपछि पार्टीका शीर्ष नेताहरूले यो कदमले देशमा वैकल्पिक राजनीतिक बाटो र परिवर्तनकारी विचारलाई संस्थागत गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।पार्टी नेतृत्व तथा संरचना सार्वजनिकदल दर्तासँगै पार्टीले आफ्नो पूर्ण नेतृत्व संयन्त्र सार्वजनिक गरेका छन ।महासचिव र प्रवक्ता नेत्रबहादुर चन्द विप्लव महासचिव खड्कबहादुर विश्वकर्मा प्रकाण्ड  प्रवक्तामा रहेका छन

१०५ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पेश गरिएको दस्तावेजअनुसार पार्टीको केन्द्रीय समिति १०५ सदस्यीय रहेको छ। समितिमा विभिन्न क्षेत्र, वर्ग, लिंग तथा भौगोलिक प्रतिनिधित्व समेटिएको बताइएको छ केन्द्रीय सदस्यहरूमा पूर्णजित पुन, चन्द्रबहादुर बुढाथोकी, , उमा घर्ती, सुशिला बिक, विपनादेवी मल्ल, सुनिता राई, पवित्रा विक, उषा पाठक, तारा संज्याल, मेघबहादुर ढकाल, यमलाल कटवाल, नहकुलबहादुर शाही, टेकबहादुर पुन, पदम केसी, सुन्दरकुमार वली, बालकृष्ण शर्मा, रंगवीर परियार, धिरेन्द्रा उपाध्याय, बिबेक कुमाल, तीर्थबहादुर राई, सम्झना घर्ती, कर्णबहादुर भण्डारी, दण्डविक्रम विश्वकर्मा, सुमनसिंह पौडेल, सिता बिक, दिपराज शेर्पाली, देवकुमार साँवा, धनबहादुर बोगटी, संजिव नेपाली, देबराज गुरुङ, त्रिलोचन विश्वकर्मा, लालसिंह थिङ, राम घलान, हिक्मतबहादुर मल्ल, मीनादेवी धामी, जनकबहादुर बिष्ट, कृष्णहरी सैजु, शोभा दुलाल, लक्ष्मी तामाङ मुनिलाल ऐडी, सुकमाया विकलगायतका नाम समावेश छन्।

यी शीर्ष नेतृत्वसँगै पार्टीको नीति तथा रणनीतिक निर्णय अघि बढाउने ४ स्थायी समिति सदस्य समेत रहेको हाे ।स्थायी समिति सदस्य सन्तोषकुमार बुढामगर विषम छबिलाल सापकोटा अनिल शर्मा उमा भुजेल शिलु भरतबहादुर बम रणविर २५ सदस्यीय पोलिटब्युरो पार्टीको नीति, दिशा तथा महत्वपूर्ण राजनीतिक निर्णयहरूमा भूमिका खेल्ने २५ सदस्यीय पोलिटब्युरो मा ,अम्मरसिंह झाँक्री, केशबहादुर बाँठा, सावित्रा गुरुङ दुरा, खुमा सुवेदी, एटम बिसी, नवीनकुमार विश्वकर्मा, देवानराज राई, नन्दबहादुर बुढामगर, माईला लामा, वालाराम थापा, भेषराज भुसाल, चुडामणि वली बलबहादुर ओली, चन्द्रबहादुर खड्का, बन्धु चन्द, राजुप्रसाद पौडेल, देवनारायण शाह, कान्छाराम तामाङलगायत २५ जना रहेका छन्।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।