जाजरकाेट
काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी दर्ताका लागि आवश्यक डकुमेन्टहरु पूरा गरि भाेली मङ्गलबार निर्वाचन आयोगमा जाने तयारी गरेका छन । दर्ता प्रक्रियाको अन्तिम चरण सम्पन्न गर्न पार्टी शीर्ष नेताहरूले औपचारिक रूपमा आयोगमा उपस्थित हुने।धेरै समय देखि भूमिगत गतिविधि तथा वैचारिक संघर्षमा सक्रिय रहँदै आएको विप्लव नेतृत्वको नेकपाले अहिले आएर खुला राजनीतिक प्रक्रियाबाट सहभागी हुने घोषणा गरेपछि पार्टी दर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।
नेकपाका नेता खड्का बहादुर विश्वकर्माका अनुसार पार्टी महासचिव विप्लवसहित केन्द्रीय तहका प्रमुख नेताहरू भोलि दिउँसो साढे १ बजे आयोगमा उपस्थित हुने भएका छन । पार्टी स्रोतका अनुसार दर्ता सम्पन्न भएसँगै संगठन विस्तार नीतिकार्यक्रम सार्वजनिक तथा आगामी राजनीतिक गतिविधिमा सक्रिय रूपमा उत्रिने तयारी भइरहेको छ।













