जाजरकाेट
सल्यान । दार्मा गाउँपालिकामा विद्युत् आपूर्तिको कार्यमा भएको चरम लापरबाही र ढिलासुस्तीको विरोधमा गाउँपालिका अध्यक्ष निमबहादुर केसीको नेतृत्वमा जनप्रतिनिधि र स्थानीयबासीले नेपाल विद्युत् प्राधिकरणको जिल्ला कार्यालय, खलंगा, सल्यानमा बिहीबार बिहान घेराउ गरेका छन्।
विद्युतीकरणको लागि लामो समयदेखि प्रतीक्षारत रहेको दार्मा समुदायले ठेकेदारको गैरजिम्मेवारीपन र प्राधिकरणको बेवास्ताको विरोधमा सशक्त दबाब सिर्जना गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले दार्माको पूर्ण विद्युतीकरणमा भएको ढिलासुस्तीबारे ध्यानाकर्षण गराउँछौँ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित जुलुसमा सहभागिता जानकारी दिएका छन ।
प्रदर्शनपछि अध्यक्ष केसीको नेतृत्वमा प्राधिकरण कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। उक्त पत्रमा विद्युतीकरण कार्यमा देखिएको समस्या, ढिलाइ र जिम्मेवारी बहन नगरेकोप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारकाे माग गरेका छन दार्मा गाउँपालिकामा अझैसम्म विद्युत् पहुँच नहुँदा शिक्षा, स्वास्थ्य र आर्थिक विकासमा समेत गम्भीर असर परेको स्थानीयहरू जानकारी दिएका छन ।













