जाजरकोट
काठमाडौ । काठमाडौंको बौद्ध क्षेत्रमा खुकुरी प्रहार गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन । मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका ४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि लामा पेट्रोलपम्प अगाडि खुकुरी प्रहार भएको हो।
घटनामा संलग्न रहेको आरोपमा धनकुटाको भेडेटार घर भई दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भई जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए
उनीहरूलाई साउन २१ गते काठमाडौं महानगरपालिका ६ रामहिटी नजिकबाट पक्राउ गरिएको हो। खुकुरी प्रहारबाट घाइते भएका थोकरको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। उनको बायाँ कान पछाडिको भागमा गम्भीर चोट लागेको छ।
एसपी चन्दका अनुसार, खुकुरी प्रहारमा संलग्न दुवै जना लागुऔषध दुर्व्यसनी हुन्। घटनास्थल नजिकैबाट प्रहरीले दुईवटा खुकुरी समेत बरामद गरेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।













