२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

गाउँपालिकाले संचार क्षेत्रलाई विशेष प्राथमिकता दियो

 

जाजरकोट । कुशे गाउँपालिका जाजरकोटले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिएका छन । सार्वजनिक नीतिमा स्थानीय एफएम रेडियो पत्रपत्रिका तथा अनलाइन माध्यमहरूसँग सहकार्य गर्दै नागरिक हितमा केन्द्रित कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने योजना समावेश गरिएको छ।

गाउँपालिकाले पहिलोपटक सञ्चार नीति २०८२  तयार पारेर सार्वजनिक गर्दै सञ्चार क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई अझ सशक्त, संगठित र परिणाममुखी बनाउने लक्ष्य राखेको छ। नीतिअन्तर्गत सूचना सम्प्रेषण जनचेतना अभिवृद्धि तथा समावेशी सूचनाको पहुँच विस्तार गर्न सञ्चार माध्यमहरूसँग साझेदारी गरिने उल्लेख गरेका छन ।

यस्तै, सूचना सम्प्रेषणमा संलग्न सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरणका लागि स्पष्ट मापदण्ड बनाइने र विज्ञापन प्रणालीलाई व्यवस्थित तथा बाध्यकारी बनाइने नीति पनि पालिकाले अघि सारेका छन । यसले सञ्चारमाध्यमहरूको दिगो सञ्चालनमा टेवा पुर्‍याउने विश्वास पालिकाले लिएका छन ।

पालिकाले सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गरिने स्पष्ट पारेको छ। साथै, सूचनाको हक कार्यान्वयन र स्थानीय स्तरमा सूचना प्रवाहमा देखिएका समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरिने जानकारी दिएका छन ।

कुशे गाउँपालिका अध्यक्ष हरिस चन्द्रका अनुसार “गाउँवासीको पहुँचमा सूचना पुर्‍याएर पारदर्शी जवाफदेही र उत्तरदायी स्थानीय सरकार निर्माण गर्नु पर्ने हाम्रो प्रमुख लक्ष्य हो

यसैबाट कुशे गाउँपालिकाले सञ्चार क्षेत्रलाई विकासको नीति निर्माणमै प्राथमिकता दिएको प्रस्ट देखिन्छ। यस कदमलाई स्थानीय सूचना पहुँचमा नयाँ उचाइमा पुर्‍याउने आशा गरेका छन

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।