२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

भेरी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक

अर्जुन शाही जाजरकाेट 

जाजरकोट।  भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख चन्द्र प्रकाश घर्तीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममार्फत नगरको समग्र विकासलाई लक्षित गर्दै कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, विपद् व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीताजस्ता क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ।

कृषि क्षेत्रलाई व्यवस्थित, आधुनिक र व्यवसायिक बनाउने उद्देश्यले रु ४५ लाख बजेट विनियोजन गरिएको छ। यस अन्तर्गत नगर कृषि योजना, किसान साझेदारी कार्यक्रम, उन्नत बीउ वितरण, फलफुल खेती, कृषि सेवा केन्द्रमार्फत सेवा प्रवाहलगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ।

पशुपालन क्षेत्रको सेवा प्रवाह सुधार, उत्पादन वृद्धिका लागि योजना निर्माण, नियमित उपचार सेवा, खोप कार्यक्रम, बाख्रापालन प्रवर्द्धन तथा पोषण सुधार कार्यक्रम सञ्चालन गर्न रु २४ लाख बजेट विनियोजन गरिएको छ।



गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न ३६ जना स्वयंसेवक शिक्षक व्यवस्थापन, वाल विकास केन्द्र तथा शिक्षकहरूको पारिश्रमिक, स्थानीय पाठ्यपुस्तक निर्माण, छात्रवृत्ति वितरण, सूचना प्रविधि आधारित शिक्षण कार्यक्रम सञ्चालनका लागि १ करोड १९ लाख ६४ हजार रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।

नगर अस्पताल निर्माण, रक्त संचार सेवा सुधार, मानसिक स्वास्थ्य कार्यक्रम, आईरन तथा क्याल्सियम चक्की वितरण तथा पोषण सुधारका कार्यक्रमका लागि ६७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वडा नं. ७ स्याउलीमा निर्माणाधीन नगर अस्पतालको लागि संघीय सरकारबाट २ करोड रुपैयाँको समपुरक अनुदान प्राप्त भएको जनाइएको छ।

सडक स्तरोन्नति, सिंचाई कुलो निर्माण, ढल व्यवस्थापन तथा साना पूर्वाधार निर्माणका लागि १ करोड २५ लाख रुपैयाँभन्दा बढी बजेट छुट्याइएको छ। साथै, बजार क्षेत्र व्यवस्थापनका लागि पनि योजना तर्जुमा गरिएको छ।

नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपियन युनियनको साझेदारीमा सञ्चालित ‘सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम’ अन्तर्गत वडा नं. ५ को छिप्रेना–काफलचौर, वडा नं. १० को भुरचौर–कल्लेरी, वडा नं. ११ को बाहुनगाउँ तथा वडा नं. १३ को कुदुमा खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गर्न झन्डै ६ करोड रुपैयाँ बराबरको बजेट परिचालन गरिनेछ।

सीप विकास, व्यवसायिक अनुदान, बाल उद्धार कोष, राहत तथा उद्धार सामग्री व्यवस्थापन लगायतका कार्यक्रमहरू सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि ७ लाख रुपैयाँ बजेट छुट्याइएका छन ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विद्यालय तथा समुदायस्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने भएको छ।

नगरको आन्तरिक राजस्व वृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन छुट्टै योजना सहित रु १० लाख बजेट विनियोजन गरेका छन ।

नगर प्रमुख घर्तीका अनुसार, सार्वजनिक गरिएका यी नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले भेरी नगरपालिकाको समग्र सामाजिक, आर्थिक तथा भौतिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।