२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटना, २४२ यात्रु सवार

अर्जुन शाही जाजरकाेट 

भारत । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एयर इन्डियाको एउटा विमान गुजरातको अहमदाबादस्थित सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटनामा परेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विमानमा दुई पाइलटसहित चालक दलका १० सदस्य र २४२ जना यात्रु सवार थिए। धेरै यात्रु घाइते भएको आशंका गरिएको छ।

दुर्घटनालगत्तै अहमदाबाद अग्नि तथा आपत्कालीन सेवा कार्यालयले पाँचवटा दमकल परिचालन गरेको बताइएको छ। प्रत्यक्षदर्शीहरूले विमानबाट तीनवटा ठूलो विस्फोटको आवाज आएको जनाए

विमान अहमदाबादबाट लण्डनका लागि उड्न लागेको थियो। हाल दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण सार्वजनिक भइनसकेको बीबीसीले जनाए।

बीबीसीले अहमदाबाद विमानस्थल टर्मिनल १ का एक म्यानेजरलाई उद्धृत गर्दै लेखेको छ: “विमानस्थल वरिपरि पुरै धुवाँ देखिएको छ।” सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा पनि घटनास्थल वरिपरि बाक्लो धुवाँ देखिन्छ।अहिले उद्धार कार्य जारी रहेको छ, र विस्तृत विवरण पर्खन बाँकी छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।