अर्जुन शाही जाजरकोट
ओखलढुंगा। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–३ तनुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घरमा टर्चलाइट चार्ज गर्ने क्रममा मल्टीप्लगबाट करेन्ट लाग्दा विष्णु माया सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाए।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय भविराज सुनुवारकी अन्दाजी ४५/४६ वर्षीया श्रीमती विष्णु मायाको सोमबार दिउँसो निधन भएको हो। घटनापछि वडा अध्यक्षले इलाका प्रहरी कार्यालयमा जानकारी दिए पछि खिजीफलाटेबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि तयारी भइरहेको जानकारी दिए।













