आज बिहाना ८ बजेदेखि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक सकिएको छ । शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।
मंगलबार बिहान परीक्षा बोर्ड सानोठिमिमा बसेको शिक्षा सचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा संचालन गर्न पत्राचार गर्ने जनाइएको छ ।













