२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

धम्की र पैसाले होइन नेता बन्ने कुसल राजनीतिक संस्कार चाहिन्छ

नेपालकाे पछिल्लो परिबेशमा नेपालकाे राजनीति निकै अराजक र कु – संस्कारमा हाेमिएकाे र धकेलि रहेकाे छ जनतालाई थाहा छ र देखिएकाे पनि छ । राजनीति असल संस्कार कस्तो हुनु पर्छ भन्ने हिजाे बि पि का सिद्धान्त बेच्नेहरु नेता भए यो कलि युगमा कार्लमास्क र लेलिन पुष्पलालका सिद्धान्त बेच्नेहरु नेता बने हिजाे पुस्ताका सिद्धान्त बेच्नेहरुले गर्दा देस निकै भयावह अबस्थामा चलिरहेकाे छ । आज प्रमाणित भएकाे छ तिमि कति कुरुप र कु-विचार कुदृस्टिले ग्रस्त छौ । हामी लहडमा नेता बन्ने होइन, न रहरले नेता बन्ने हो ।
अर्काले भन्दैमा र अर्काको पछि लाग्दैमा नेता बनिदैन । कस्तो व्यक्तिलाई नेता भन्ने र बनाउने ? नेताले के गर्नुपर्ने र के गर्न दिने ? नेता कहाँ कति बन्ने र बनाइनुपर्ने ? नेताको परिभाषा र पहिचान के हुने ? यी कुरा विचारणीय र सोचनीय बनेका छन् यतिखेर । चर्को चर्को भाषण गर्दैमा नेता बन्ने हो कि वा आफ्नो पछाडि मान्छेहरूको लर्को लगाउँदैमा ? धाकधम्की र रवाफ देखाउनेलाई नेता भन्ने वा दादागिरी र गुण्डाराजको पर्याय बनेकोलाई । अन्याय अत्याचार र अराजकता मच्चाउनेलाई नेता ठान्ने वा सर्वसाधारण जनतालाई लुट्ने, चुट्ने र भुट्नेलाई नेता मान्ने ? खाली इच्छा आकाङ्क्षा र सपनाहरू मात्र देखाइदिने नेतालाई नेता भन्ने वा आश्वासन मात्र दिन जान्नेलाई । अरूभन्दा राम्रो लाउने, राम्रो खाने, राम्रो ठाउँमा बस्नेलाई नेता ठान्ने वा मोजमस्ती र आरामको जीवन रुचाउने भुसतिघेहरूलाई । सोचौँ, हेरौं र खोजौँ। धेरै होइन केही ढिला मात्र भएको छ । यी नेताका बिम्ब प्रतिबिम्ब के हाम्रो नेतामा पाउनुहुन्छ ?हामी मार्क्सवाद मान्छौँ किन हामी नेता बन्न मार्क्सको जस्तो अभाव खप्न सक्दैनौँ वा भोग्न तयार हुदैनौँ। लेनिनका सिद्धान्त त मान्छौँ तर किन उनीजस्तै समाज परिवर्तनका लागि साहसी हुन सक्दैनौँ। हामी माओवादीहरू माओको सरल जीवन व्यवहार किन अपनाउँदैनौँ । हामी गान्धीका अनुयायीहरू किन गान्धीजस्तै त्यागी हुन सक्दैनौँ । वीपी, गणेशमान र मदनका चेलाहरू किन हामी उनीहरूको आदर्श र महानतालाई अनुशरण गर्न सक्दैनौँ ।हामीले विगत र वर्तमानको राजनीतिलाई गाली मात्र गरेर त केही पाउँदैनौँ, झन् आउँदा दिनलाई बर्बादीबाहेक केही दिन सक्दैनौँ । त्यसलै अब राजनीति योग्य र इमानदारको क्षेत्र हो । यो धन कमाउने उद्योग होइन, सेवा क्षेत्र हो । राजनीतिले देशले के पायो ? समाजले के पायो ? जनताले के पाए ? त्यो कुराको सदैव हेक्का राखेर राजनीति गर्ने परिपाटीको विकासको थालनी आजैबाट गरौं। हामी सचेत र शिक्षित युवाको काँधमा छ अबको नयाँ नेपाल । त्यसैले सुन्दर, शान्त र विशाल नेपालको मन्त्र भक्तिभावले पुकारौं र अग्ला हिमालका अग्ला नेपाली बनौँ। होइन भने हाम्रो भावि पुस्ताले फेरि भन्नेछन दलबल र पैसा र नेताले बिगारेको देश ।

प्रेम वलि भेरी नगरपालिका २ जाजरकोट

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।