अर्जुन शाही जाजरकाेट
काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणले गति लिए । सबस्टेसन निर्माण आगामी पुस (डिसेम्बर २०२५) भित्र सक्ने लक्ष्य लिएर काम चालु गर् ।
खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००÷२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवनलगायत सिभिल संरचनाको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानललगायत उपकरणको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।
स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भएको हो । तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ,’ घिसिङले भने, ‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, खेल मैदान गुम्बा निर्माण विद्यालय भवन,स्थानीयलाई रोजगारीलगायतका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सम्बोधन गरेका छन
स्थानीय समस्याका बाबजुद एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रूपमा (फुल फेज) मा भइरहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो ‘हब’ रहेको नेपाल विद्युत् प्राधिकरणले जनाए ।
बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । उक्त टावर लप्सीफेदी क्षेत्रमै पर्छन् । करिब ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाडौं प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सक्ने लक्ष्यसाथ काम भइरहेको आयोजना प्रमुख नीतिश पौडेलले बताए । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
लप्सीफेदी सबस्टेसनबाट काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइएको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा ७ वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आए । यसका कारण प्रसारण लाइन निर्माण नै सुरु हुन सकेको छैन ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको हो । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत्लाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।

तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजन ाअन्तर्गत २२०÷१३२ र १३२÷११ केभी तहका सबस्टेसनका सिभिल संरचनाको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरूको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरूको निर्माण सकिएपछि सबस्टेसनमा उपकरण जडान सुरु हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलामा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित १३२÷११र ४००÷२२०, र २२०÷१३२ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन ।













