२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

चार वर्षसम्म पनि बनेन पुल

उज्यालो कर्णालीका प्रतिनिधि अर्जुन शाही । 

 बाजुरा । बाजुराको कोल्टी मार्तडी सडकखण्डमा पर्ने बाउलीखोलामा चार वर्ष बितिसक्दा पनि पुल निर्माण भएकाे छैन । १६ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल चार वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा अलपत्र अवस्थामा रहेको छ । 

बाउलीखोलामा पुल नबन्दा बर्सेनि खच्चडमा महँगो भाडा तिररे सामान ढुवानी गर्नु परेको छ । अहिलेसम्म सो ठाउँमा पुल नबन्दा यहाँका व्यापारी तथा स्थानीय सर्वसाधारण महँगीको मारमा परेका छन् ।  पुलको निर्माण प्रगति चार वर्षसम्म आइपुग्दा पाँच प्रतिशत पनि भएको छैन । पुल बनाउनका लागि टिडिआर जुगल कौशिक जेभीसंग पाँच करोड ५८ लाख ८८ हजार २७० रुपियाँमा सम्झौता भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले जानकारी दिए  । पटक पटक ठेकेदार कम्पनीलाई ताकिता गर्दा पनि सुनुवाइ नहुँदा  पनि सोही कम्पनीलाई फेरि आर्थिक वर्ष २०८१/८२ फागुनभित्र काम पूरा गर्ने गरी  म्याद थप गरेका छन । 

चार वर्षसम्म पनि पुल निर्माण नहुँदा यहाँका नागरिक तथा यातायातका साधन बर्खायाममा रोकिने र हिउँदको समयमा त्यही खोलाबाट कोल्टी जाने गरेको स्थानीय नरबहादुर विकले जानकारी दिए । उहाँका अनुसार बडीमालिका नगरपालिका लगायत पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय पालिका जोड्ने मुख्य पुल निर्माणको चार वर्ष पुग्यो तर पुल भने निमार्ण नभएकाे ।विकले भनेका छन पुल निर्माण गर्नका लागि रड बिछ्याइएका थिए । अहिले ती रडसमेत खोलाले पुरिसकेको छ । ठेकेदारको लापर्बाहीका कारण राज्यको लगानी खेर गएको छ ।”  

प्रमुख देवकोटाले भनेका छन अहिलेको ठेक्का कम्पनी खारेज गर्ने हो भने धेरै समय लाग्ने भएका कारण टिडिआर जुगल कौशिक जेभीलाई नै काम गर्ने गरेर जिम्मेवारी दिइएको हो ।” बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार अहिले बाजुराका सबै निर्माणाधीन पुलका ठेकेदार कम्पनीको खोजी भइरहेको छ । काम गरिरहेका निर्माण कम्पनीलाई छिटो काम गर्न र सम्पर्कविहीन रहेकालाई कालो सूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए   

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।