२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार
 

जनकपुर ।  भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलको उपाधि जनकपुर बोल्ट्सले पाएपछि उत्सवमय माहोल बनेको छ। 

साथ जनकपुर बोल्ट्सलाई विजयी लक्ष्यमा पुर्याउने सबै खेलाडी, खेल अधिकारी तथा टोलीसम्बद्ध सबैलाई बधाई दिनुहुँदै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले भनेका छन  निर्णायक प्रतिस्पर्धामा जनकपुरका खेलाडीको उत्साह, ऊर्जा र मनोबल बढाउन र असंख्य पक्षधर दर्शकको उमङ्गका साथ दिन उपत्यकास्थित खेलमैदानमा पुगेका थिएँ। दर्शकदीर्घामा बसेर जनकपुर र सुदूरपश्चिमको  रोमाञ्चक तथा कौतुहलपूर्ण खेलको आनन्दानुभूति गर्ने जनकपुरका शुभेच्छुक माझमा बस्नुको आनन्द नै फरक र विशिष्ट थिए ।

शनिबार सम्पन्न एनपीएलको विजेताको उपाधि जनकपुर बोल्ट्सले हाँसिल गरेपछि जनकपुरधाम लगायत मधेशका जिल्लामा उत्सवमय माहोल बनेको हो। एनपीएलको फाइनल खेलमा जनकपुरले सुदूरपश्चित रोयल्सलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेका हुन ।

मुख्यमन्त्री सिंहले क्रिकेटलगायत सबै खेलमा योग्य, सक्षम र प्रतिस्पर्धी खेलाडी उत्पादन गरेको यस प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहने जानकारी दिए ।

जनकपुरधामका नागरिक जितलाई आफ्नो गौरवको रूपमा लिएका छन्। यो जित हाम्रो टिमको मात्र नभई सम्पूर्ण मधेशको जित हो,” सामाजिक अभियन्ता सरोज मिश्रले भनेका छन ।

जनकपुरको विजयले मधेशमा खेलकुदको महत्त्व बढाउँदै स्थानीय प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने अपेक्षा समेत गरिएका छन ।

जितको अवसरमा शनिबार साँझ नै जनकपुरधामका चोक चौराहामा पटका पड्काएर तथा घर आँगनमा दियो बालेर दिपावली मनाइएका थिए ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।